
काठमाडौं : सुनको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ।
यसअघि बुधबार हालसम्मकै उच्च मूल्य तोलाको एक लाख १२ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि केही बढेको छ। बुधबार तोलाको १ हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढ्दै १ हजार ४१० रुपैयाँ प्रतितोलामा कारोबार भैरहेको महासंघले जनाएको छ।
सरकारले आर्थिक वर्ष २०८०/८१ को लागि प्रस्तुत गरेको बजेटमा कर बढाएका कारण सुनको मूल्य बढेको हो।