PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

मलेसियामाथि नेपालको लगातार दोस्रो जित, सिरिजमा २-१ ले अगाडि



पहिलोपोस्ट

मलेसियामाथि नेपालको लगातार दोस्रो जित, सिरिजमा २-१ ले अगाडि
तस्बिर: मलेसिया क्रिकेट

काठमाडौँ: नेपाली महिला क्रिकेट टोलीले मलेसियामाथि जित निकालेको छ। पाँच खेलको द्विपक्षिय सिरिजको पछिल्ला दुई खेलमा जित निकालेसँगै नेपाल २-१ ले अघि रहेको छ। बिहीवार सम्पन्न सिरिजको तेस्रो खेलमा नेपालले २७ रनको जित निकालेको हो।

बिहीवार मलेसियास्थित वाइएसडी ओभल स्टेडियममा सम्पन्न खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै ११० रन बनायो। नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक २७ रन बनाउँदा ज्योति पाण्डेले २३, सीता राना मगरले २१ तथा इन्दु वर्माले २० रन बनाए। बलिङतर्फ मलेसियाका निक नुर दिनले २ विकेट लिँदा एइसा एलिसा फिरडउज र विनिफ्रेड एन्नीले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको मलेसिया ४ विकेट गुमाएर ८३ रनमा समेटियो। घरेलु टोलीका लागि महिरा इज्जती इस्मेइलले सर्वाधिक अविजित ४४ रन बनाउँदा विनिफ्रेड एन्नीले २० रन बनाइन्। बलिङतर्फ नेपालका कविता कुँवर, सीता रानामगर र इन्दु वर्माले समान १ विकेट लिए।

चौथो खेलमा नेपाल र मलेसिया शनिवार प्रतिस्पर्धा गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell