PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

फ्रान्सको ‘ला फेमे फिल्म महोसत्व'मा ‘दी सेक्रट अफ राधा'लाई तीन अवार्ड



पहिलोपोस्ट

फ्रान्सको ‘ला फेमे फिल्म महोसत्व'मा ‘दी सेक्रट अफ राधा'लाई तीन अवार्ड

फ्रान्सको कान्स शहरमा सम्पन्न ‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’फिल्म दी सेक्रेट्स अफ राधाले तीन विधामा अवार्ड हात पारेको छ।

सुवर्ण थापा निर्देशित ‘राधा' ले फेस्टिवल र विदेशमा राम्रो प्रभाव छाडिरहेको छ जुन आगामी भदौमा नेपालमा रि - रिलिज हुँदैछ।

यतिखेर अमेरिकामा राधाको विशेष शोमा व्यस्त रहेका थापाले ला फेमेमा वेष्ट फिचर फिल्म, वेष्ट एक्ट्रेस र वेस्ट डाइरेक्टर अवार्ड पाएको जानकारी दिए।

‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’मा राधा लेखन, निर्देशन, अभिनय, फिल्म सेट डिजाइन, सम्पादन तथा छायांकन लगायत ७ विधामा मनोनयनमा परेको थियो। 'ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ विशेष गरी महिला फिल्मकर्मी र महिला चरित्रलाई प्लेटफर्म दिने उद्देश्यले सन् २००५ देखि आयोजना हुँदै आएको छ।

सुवर्ण थापाको लेखन समेत रहेको राधा वेपत्ता भएका श्रीमानको खोजीमा संघर्षरत महिलामाथि केन्द्रित छ। फिल्मको लिड रोलमा सृष्टि श्रेष्ठ छिन्।

निर्देशक थापा अहिले चलचित्रको शोको क्रममा अमेरिकामा छन्। अमेरिका पछि क्यानडामा विशेष शो हुने उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell