PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

प्रचण्डले भने : थप हवाई इन्ट्री रुटका लागि आग्रह गरेका छौं, भारत सकारात्मक छ



पहिलोपोस्ट

प्रचण्डले भने : थप हवाई इन्ट्री रुटका लागि आग्रह गरेका छौं, भारत सकारात्मक छ
तस्विर : प्रदीपराज वन्त

काठमाडौं : नेपालले भारतसँग हवाई उडानका लागि थप ‘इन्ट्री प्वाइन्ट’ दिन आग्रह गरेको छ। आज नयाँ दिल्लीस्थित हैदरावादमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच भएको छलफलमा हवाई ‘इन्ट्री प्वाइन्ट’को बारेमा छलफल भएको हो।

प्रधानमन्त्री प्रचण्डले आफूले मोदीसँग थप इन्ट्री प्वाइन्टका लागि प्रस्ताव गरेको बताएका छन्। उनले भारतीय पक्ष यस विषयमा सकारात्मक रहेको समेत बताए।

प्रचण्डले महेन्द्रनगरबाट सकेसम्म छिटो हुने गरि ‘हाई अलटिच्युड एयर इन्ट्री रुट’ को लागि आग्रह गरेको बताएका छन्।

यस्तै, प्रचण्डले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनका बारेमा पनि भारतीय पक्षसँग छलफल गरेका छन्। उनले ती दुई विमानस्थलबाट भारतको विभिन्न शहरमा नियमित उडान चर्न नेपालले चाहेको बताएका छन्।

प्रचण्डले हवाई क्षेत्र सम्बन्धी आफ्ना प्रस्तावमा भारतीय पक्ष सकारात्मक भएको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell