PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

भारतीय राष्ट्रपति मुर्मूसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता



रासस

भारतीय राष्ट्रपति मुर्मूसँग प्रधानमन्त्री प्रचण्डको भेटवार्ता
फोटो : रासस

नयाँदिल्ली : भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन्। राष्ट्रपति भवनमा बिहीवार भएको भेटमा प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति मुर्मूबीच द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको थियो। सोहीक्रममा प्रचण्ड र मुर्मूबीच नेपाल–भारत सम्बन्धका विभिन्न आयामबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री दाहालले आजै भारतका उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए। आजै प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको थियो। भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा प्रधानमन्त्री दाहाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार नयाँदिल्ली पुगेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell