
नयाँ दिल्ली : भारतका संघीय मन्त्री पियूष गोयलले नेपाल र भारतबिचको सम्बन्ध अद्वितीय रहेको बताएका छन्।
बिहीवार साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले आयोजना गरेको बिजनेश समिटलाई सम्बोधन गर्दै वाणिज्य तथा उद्योग मन्त्री गोयलले नेपालमा लगानीका लागि भारत तयार रहेको बताएका थिए।
कार्यक्रममा उनले सीमा, भूराजनीतिले दुई देशबिचको सम्बन्धलाई विभक्त गर्न नसक्ने बताएका थिए। साथै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अगाडि सार्नुभएको छिमेक पहिले नीतिका साथ नेपाल र भारतबिच साझा दृष्टिकोणका साथसाथै समृद्धिको यात्रामा अगाडि बढ्नुपर्नेमा उनको जोड थियो। रासस