PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्णको बयान आज, टोपबहादुरको सकियो



पहिलोपोस्ट

नक्कली भुटानी शरणार्थी प्रकरण : बालकृष्णको बयान आज, टोपबहादुरको सकियो

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुसँग बयान लिने क्रम जारी छ। आज पूर्व गृहमन्त्री बालकृष्ण खाणसँग काठमाडौं जिल्ला अदालतमा बयान लिइनेछ। 

यही प्रकरणमा पक्राउ परेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीबार काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका हरिभक्त महर्जनको बयान लिन बाँकी पनि रहेको छ। उनीहरुको बयान पनि आजै हुने बताइएको छ।

बिहीवार भने पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित तीन जनाको बयान सकिएको थियो। काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्वउपप्रधानमन्त्री रायमाझी, आङटावा शेर्पा र समशेर मियाँले बयान लिइएको थियो।

नक्कली शरणार्थी प्रकरणमा प्रतिवादीको बयान यही जेठ १२ गतेदेखि काठमाडौँ जिल्ला अदालतमा लिन थालिएको हो । उक्त प्रकरणका आरोपितमध्ये आजसम्म १५ प्रतिवादीले बयान दिइसकेका छन् । उक्त प्रकरणका आरोपितमध्ये १७ पक्राउ परेका छन् भने १३ अझै फरार रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख दानबहादुर कार्कीले जानकारी दिनुभयो ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell