PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

स्टेजमै लडे जो बाइडेन, ह्वाइट हाउसले भन्यो : चोट लागेको छैन



पहिलोपोस्ट

स्टेजमै लडे जो बाइडेन, ह्वाइट हाउसले भन्यो : चोट लागेको छैन
Photo : AP

अमेरिकी राष्ट्रपति जो बाइडेन कोलोराडोमा एयर फोर्स एकाडेमीले आयोजना गरेको कार्यक्रममा लडेका छन्। एयर फोर्स तालिममा उत्तिर्ण भएकाहरुको लागि आयोजित दीक्षान्त कार्यक्रममा यो घटना भएको हो।

एक दीक्षित एयर फोर्स अफिसरसँग हात मिलाएर आफ्नो कुर्सी तर्फ जाँदै गर्दा बाइडेन स्टेजमै लडेका हुन्। लड्ने बित्तिकै सँगै रहेका सुरक्षा अधिकारीहरुले उनलाई उठाएका थिए।

ह्वाइट हाउसले बाइडेन ठिक भएको र कुनै चोट नलागेको जनाएको छ। स्टेजमै रहेको एक झोलामा खुट्टा अड्किएर बाइडेन लडेको बताइएको छ।

बाइडेन अमेरिकी इतिहासमा हालसम्म कै वृद्ध राष्ट्रपति हुन्। उनले फेरि राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन्। 'क्रिटिक्स'हरुले भने राष्ट्रपतिका लागि बाइडेन वृद्ध भएको भन्दै आलोचना गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell