PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

नागरिकता समस्या समाधान जसपाले गरेको हो : उपेन्द्र यादव



पहिलोपोस्ट

नागरिकता समस्या समाधान जसपाले गरेको हो : उपेन्द्र यादव

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले देश जसपाको एजेण्डामा बगाडी बढिरहेको बताएका छन्। सुनसरीको सदरमुकाम इनरुवामा जसपाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा बधाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकता समस्या समाधान जनता समाजवादी पार्टीले नै गरेको दाबी गरेका हुन्।

यादवले देशको परिर्वतनकारी आन्दोलन र सङ्घर्षले सङ्घीयता, पहिचानसहितको मधेस प्रदेश, सुशासन र समृद्धि सम्भव भएको बताए। साथै, नागरिकलाई शिक्षा, स्वास्थ्यसहित रोजगार दिलाउन लागिपरेको उल्लेख गर्दै उनले जसपा समावेशिता, पहिचान, समानुपातिक समावेशी, जातीय विभेद अन्त्य र नागरिकता समस्या समाधान गर्ने पार्टीको रूपमा स्थापित भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell