PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

फ्राइडे रिलिज : सिनेमाहलमा ‘स्पाइडर-म्यान : एक्रस द स्पाइडर भर्स’ र ‘जरा हटके जरा बचके’



पहिलोपोस्ट

फ्राइडे रिलिज : सिनेमाहलमा ‘स्पाइडर-म्यान : एक्रस द स्पाइडर भर्स’ र ‘जरा हटके जरा बचके’

काठमाडौं : शुक्रवार नेपाली सिनेमाहलमा दुई विदेशी फिल्महरु प्रदर्शनमा आएका छन्। हलिउड फिल्म ‘स्पाइडर-म्यान : एक्रस द स्पाइडर भर्स’ र बलिउड फिल्म ‘जरा हटके जरा बचके’ रिलिज भएका हुन्।

कमेडी तथा फेमिली जनरामा बनेको बलिउड फिल्म ‘जरा हटके जरा बचके’मा विक्की कौशल र सारा अली खान मुख्य भूमिकामा छन्।

लक्ष्मण उतेकर निर्देशित यस फिल्ममा दिनेश भिजान र ज्योति देशपान्डेको लगानी छ। फिल्मको कथा लक्ष्मणका साथै मैत्री बाजपाई, रामिज इहाम खानले लेखेका हुन्।

त्यसैगरि, सुपर हिरो फिल्म ‘स्पाइडर-म्यान : एक्रस द स्पाइडर भर्स’ पनि रिलिज भएको छ। एनिमेटेड र एड्भेचर जनराको यस फिल्ममा शमिक मूरे, डेनियल कालुया, ओस्कर आइज्याक र जेक जोनसनको मुख्य भूमिका छ। यस फिल्मलाई जोकिम डोस सान्तोस, केम्प पावर्स, जस्टिन के.थम्पसनले निर्देशन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell