PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'टाइगर भर्सेस पठान'मा सिद्धार्थ आनन्दको पारिश्रमिक ४० करोड, किन छाडे ६५ करोडको डिल?



पहिलोपोस्ट

'टाइगर भर्सेस पठान'मा सिद्धार्थ आनन्दको पारिश्रमिक ४० करोड, किन छाडे ६५ करोडको डिल?

गत जनवरीमा सिद्धार्थ आनन्द निर्देशित फिल्म पठान अल टाइम ब्लकबस्टर बन्यो। सँगै शाहरुख खानको बलिउडको १ नम्बर ताज पनि फिर्तामात्र ल्याएन, यशराज फिल्मको असफलताको श्रृङ्खलामा पनि ब्रेक लगायो। यसैको असर, यशराज फिल्मसले निर्देशकको विषयमा पनि नयाँ रेकर्ड कायम गर्दैछ। सिद्धार्थ आनन्द हाइ-पेड निर्देशकका रुपमा स्थापित हुँदैछन्।

बलिउड हंगामाले जनाएअनुसार आगामी फिल्म 'टाइगर भर्सेस पठान'का लागि उनलाई ४० करोडको अफर गरिएको छ। यशराज फिल्मको इतिहासमा निर्देशकलाई दिन लागिएको यो सबैभन्दा ठूलो पारिश्रमिक हो। शाहरुख खान र सलमान खानलाई एकैसाथ फिल्ममा उतार्नका लागि आदित्य चोपडाले स्क्रिप्टमा काम गरिरहेका छन् जसको निर्देशन आनन्दले गर्नेछन्। 

त्यसो त फिल्म वार २ का लागि आयन मुखर्जीलाई ३२ करोड पारिश्रमिक दिइएको थियो। स्पाइ युनिभर्समा यशराज फिल्मसको 'टाइगर भर्सेस पठान' सबैभन्दा ठूलो लगानीको फिल्म हुनेछ। अर्को वर्षबाट फ्लोरमा जाने फिल्म २०२५ मा रिलिज हुनेछ जुन बलिउडकै सबैभन्दा महँगो फिल्म बन्ने ट्रेड एनलिस्टहरुको भनाइ छ। 

रोचक के छ भने सिद्धार्थ आनन्दले प्रभाश लिड रोलमा रहने गरी पान इन्डियन मुभीको निर्देशनको तयारी गरेका थिए। त्यसका लागि मैथ्री मुभी मेकर्सको ब्यानरमा बन्ने फिल्मका लागि उनलाई ६५ करोडको डिल थियो। तर उनले टाइगर भर्सेस पठानलाई प्राथमिकता दिए। 

'शाहरुख खान र सलमान खानलाई एउटै पर्दामा निर्देशित गर्ने भारतका सबै निर्देशकको सपना हुने गर्छ जसका अगाडि पैसाको कुनै अर्थ रहन्न,' बलिउडका एक विश्लेषकले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell