PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

सीटीईभीटीका कर्मचारी सवार जीप सुनकोशीमा खस्यो, तीन जना बेपत्ता



रासस

सीटीईभीटीका कर्मचारी सवार जीप सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

सिन्धुली : मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका-७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ। शुक्रवार जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी सवार बा१झ ७४६७ नम्बरको जीप काठमाडौंबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको हो।

जीपमा चार जना सवार रहेको र एक जना जीवितै सुनकोशी नदीबाट निस्कन सफल भए पनि बाँकी तीन जनाको अवस्था अज्ञात रहेको उनले बताए।

गाडीमा सवार रहेकाको पहिचान हुन सकेको छैन। बेपत्ताहरुको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell