PahiloPost

Jun 12, 2026 | २९ जेठ २०८३

सुनकोशीमा जीप खस्दा बेपत्ता सीटीईभीटीका कर्मचारी खोज्न गोताखोरसहितको प्रहरी परिचालन



पहिलोपोस्ट

सुनकोशीमा जीप खस्दा बेपत्ता सीटीईभीटीका कर्मचारी खोज्न गोताखोरसहितको प्रहरी परिचालन
प्रतीकात्मक फाइल फोटो।

काठमाडौं : मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका-७ लौकुनबाट जीप सुनकोशी नदीमा खस्दा बेपत्ता भएकाको खोजी गर्न सशस्त्र प्रहरीको टोली परिचान गरिएको छ। शुक्रवार जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन्।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का कर्मचारी सवार बा१झ ७४६७ नम्बरको जीप काठमाडौंबाट खोटाङतर्फ जाँदै गर्दा नदीमा खसेको हो। जीपमा चार जना सवार रहेको र एक जना जीवितै सुनकोशी नदीबाट निस्कन सफल भए पनि बाँकी तीन जनाको अवस्था अज्ञात रहेको छ।

आश्रित गुल्म सिन्धुलीबाट सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा १३ जना, रामेछाप गुल्मबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा ९ जना र काठमाडौंको सिनामंगलस्थित नम्बर २० विपद् उद्धार गणबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा ७ जना गोताखोर टोली परिचालन गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell