PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

सनम कुमार बैरागको निर्देशनमा बन्ने भयो ‘सिद्धार्थ’



पहिलोपोस्ट

सनम कुमार बैरागको निर्देशनमा बन्ने भयो ‘सिद्धार्थ’

काठमाडौं : सनम कुमार बैरागको निर्देशनमा फिल्म ‘सिद्धार्थ’ बन्ने भएको छ। लण्डनमा एक कार्यक्रमका बिच उक्त फिल्मको ‌औपचारिक घोषणा गरिएको हो।

यस फिल्मको छायाङ्कन नेपाल र बेलायतमा हुनेछ। यसअघि सनमले फिल्म ‘कैदीको पत्र’ समेत निर्देशन गरेका थिए।

भिजन संसार र स्रित फिल्म एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्ममा विजय लामा, पृथ्वीराज केसी र बिभिया श्रेष्ठको अभिनय रहनेछ। अन्य कलाकारहरुको भने छनोट कार्य बाँकी नै रहेको निर्माण टिमले जनाएको छ।

फिल्ममा श्रीदेव बिएल र शारदा खड्का अर्याल, दिनेश केसी, दील घले र नवीन थापा निर्माताका रुपमा रहेका छन्। सन् २०२४ को सुरुवातमा फ्लोरमा जाने फिल्मको छायाङ्कन २० प्रतिशत बेलायतमा र बाँकी नेपालमा गरिने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell