PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

शरणार्थी प्रकरणमा पक्राउ १८ जना अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बहस



रासस

शरणार्थी प्रकरणमा पक्राउ १८ जना अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बहस

काठमाडौंः जिल्ला अदालत काठमाडौंमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान आज सकिएको छ। उक्त प्रकरणमा पक्राउ परेका १८ जना अभियुक्तको बयान सकिएको हो।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको बयानमा पूर्वगृहमन्त्री बालकृष्ण खाण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयान लिइएको हो। बिहीबारसम्म १५ जना अभियुक्तको बयान सकिएको थियो। आइतबारदेखि सबै अभियुक्तको थुनछेक बहस सुरु हुनेछ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार सबै अभियुक्तको बयान सकिएको छ। आइतबारदेखि थुनछेक बहस प्रारम्भ हुनेछ। उक्त प्रकरणमा प्रतिवादी बनाइएका १२ जना भने अझै फरार छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell