PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

एमालेले गर्‍यो पार्टी उपाध्यक्षको जिम्मेवारी बाँडफाँडः प्रदेश इन्चार्ज पनि तोकिए, कसलाई के जिम्मेवारी?



पहिलोपोस्ट

एमालेले गर्‍यो पार्टी उपाध्यक्षको जिम्मेवारी बाँडफाँडः प्रदेश इन्चार्ज पनि तोकिए, कसलाई के जिम्मेवारी?

काठमाडौंः नेकपा (एमाले) ले पार्टी उपाध्यक्षहरुको जिम्मेवारी तोकेको छ। महाधिवेशनको एक वर्षपछि एमाले सचिवालय बैठकले जिम्मेवारी तोकेको हो। यस्तै बैठकले प्रदेश इन्चार्ज पनि तोकेको छ।

निर्णय अनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई योजना तथा नीति, परराष्ट्र मामिला विभाग र राष्ट्रिय हित तथा सुरक्षा विभागको जिम्मेवारी दिइएको छ।

उपाध्यक्ष युवराज ज्ञवालीलाई मानवस्रोत विकास, शिक्षा विज्ञान तथा प्रविधि, श्रम तथा रोजगार विभागको जिम्मेवारी दिइएको छ। अष्टलक्ष्मी शाक्यलाई सामाजिक विकास, सामाजिक सुरक्षा तथा समाज कल्याण, उपभोक्ता हित संरक्षण तथा सुशासन तथा रामबहादुर थापालाई कृषि तथा उद्यमशीलता विभागको जिम्मेवारी दिइएको छ।

विष्णुप्रसाद पौडेललाई संगठन, सुवास नेम्बाङलाई सुशासन तथा सेवा प्रवाह, र सुरेन्द्र पाण्डेल पूर्वाधार निर्माण र विकासको जिम्मेवारी तोकिएको छ।

बैठकले सात प्रदेशको इन्चार्ज पनि तोकेको छ। निर्णय अनुसार सुदूरपश्चिममा छविलाल विश्वकर्मा,कर्णालीमा लेखराज भट्ट, लुम्विनीमा पद्मा अर्याल, गण्डकीमा गोकर्ण विष्ट, मधेशमा योगेश भट्टराई र कोशीमा रघुवीर महासेठ इन्चार्ज तोकिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell