PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भारतमा तीनवटा रेल ठोक्किँदा २ सय जनाभन्दा धेरैको मृत्यु



पहिलोपोस्ट

भारतमा तीनवटा रेल ठोक्किँदा २ सय जनाभन्दा धेरैको मृत्यु

दुईवटा यात्रुबाहक र एउटा मालबाहक रेल एकआपसमा ठोक्किँदा भारतको पूर्वी राज्य उडिसामा २ सयभन्दा धेरैको ज्यान गएको छ। उडिसाका चिफ सेक्रेटरी प्रदीप जिनालाई उद्धृत गर्दै न्युयोर्क टाइम्सले जनाएअनुसार २ सय ७ जनाको मृत्यु भएको छ भने ९ सय जना घाइते भएका छन्।

भारतीय समाचार माध्यमबाट घटनाको विभत्स अवस्था सार्वजनिक भइरहेको छ। काट्ने औजार सहित कुकुर परिचालन गरेर उद्धार टोली जुटेका दृश्य मिडियाबाट आइरहेको छ।

भारतको रेलरोड मन्त्रालयका प्रवक्ता अमिताव शर्मालाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले जनाएअनुसार १० देखि १२ वटा कोच ध्वस्त हुनेगरी दुर्घटना भएको हो। दुर्घटनामा कतिपय कोच भने उछिट्टिएर ट्र्याकभन्दा निक्कै परसम्म पुगेका थिए।

घटनास्थलमा ५० भन्दा धेरै एम्बुलेन्स पुगेका थिए जसमा उद्धारका लागि खटिएका चिकित्सकहरु थिए।

हिजो राति भएको दुर्घटनामा कोरोमन्डल एक्सप्रेसका रेलबे डिब्बाहरु ट्र्याकबाट उछिट्टिएका थिए। दुईवटा रेल ठोक्किँदा उछिट्टिएका रेलवेका डिब्बाहरु चलिरहेको तेस्रो रेलसँग जुधेका थिए। कतिपय मानिस रेलको डिब्बाभित्रै फसेका थिए। 

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालाई लिएर दु:ख प्रकट गरेका छन्। उनले उद्धारमा कुनै पनि कसर नछाड्न निर्देशन दिएका छन्। साथै सरकारले मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ। गम्भीर घाइतेलाई २ लाख रुपैयाँ र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ राहत दिने निर्णय सरकारले गरेको टाइम्स अफ इन्डियाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell