
हेटौंडा : केही दिनदेखि अत्यधिक गर्मी बढेपछि मकवानपुरको बकैया गाउँपालिकाले एक हप्ता विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
गर्मी बढेसँगै विद्यार्थीहरुलाई पढाइमा असहज भएको र स्वास्थ्यमा समस्यासमेत देखा परेको भन्दै गाउँपालिकाले शुक्रवार एक सूचना जारी गर्दै यहि जेठ २१ गते आइतवारदेखि जेठ २७ गतेसम्म विद्यालय बन्द रहने जनाएको छ।
साना बालबालिकाहरुमा गर्मीका कारण स्वास्थ्य समस्या देखिएकाले विद्यालय बन्द गर्न चिकित्सकहरुले नै सुझाव दिएका थिए।