PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

नेपाल मलेसियासँग पराजित, सिरिजमा २-२ को बराबरी



पहिलोपोस्ट

नेपाल मलेसियासँग पराजित, सिरिजमा २-२ को बराबरी
Photo: Malaysian Cricket Association

काठमाडौँ: नेपाली महिला क्रिकेट टोली द्विपक्षिय सिरिजको चौथो खेलमा पराजित भएको छ। वाइएसडी ओभल स्टेडियममा सम्पन्न खेलमा नेपाल मलेसियासँग ४ विकेटले पराजित भएको हो।

टस जितेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९६ रन बनाएको थियो। नेपालका लागि इन्दु वर्माले सर्वाधिक ३२ रन बनाउँदा विन्दु रावलले २४ रन बनाइन्। त्यस्तै कविता कुवर १२ रनमा अविजित रहिन्। बलिङतर्फ मलेसियाकी विनिफ्रेड एन्नीले सर्वाधिक ३ विकेट लिँदा माहिरा इज्जाती र आइसा एलिसाले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। मलेसियाका लागि विनिफ्रेड एन्नीले सर्वाधिक ३८ रन बनाउँदा महिरा इज्जातीले १६ रन तथा मास एल्सा यसमिन १३ रन बनाए। बलिङतर्फ नेपालका कविता कुँवर, रुविना क्षेत्री, सीता राना मगर र कविता जोशीले समान १ विकेट लिए।

योसँगै पाँच खेलको सिरिजमा २-२ को बराबरी भएको छ। पहिलो र चौथो खेल मलेसियाले जित्दा दोस्रो र तेस्रो खेल नेपालले जितेको थियो। सिरिजको निर्णायक पाँचौँ खेल आइतवार हुँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell