PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

वातावरण संरक्षण हिमालबाट सुरु गर्नुपर्छ : राष्ट्रपति पौडेल



पहिलोपोस्ट

वातावरण संरक्षण हिमालबाट सुरु गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी, मानव र प्राणी जगतको भविष्य सुरक्षित गर्नको लागि हिमाल र हिमाली क्षेत्रको संरक्षणको आवश्यकता औल्याएका छन्। 

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ७० औँ वर्ष पुगेको सन्दर्भमा पहिलो सगरमाथा आरोहीद्वय सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाका परिवारजनसहित हिमालयन ट्रस्ट युकेका पदाधिकारीसँग शनिवार शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले उक्त धारणा राखेका हुन्।

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनले विश्वव्यापी रुपमा पारेको असर न्यूनिकरण गरी पृथ्वी र सम्पूर्ण मानवजातिको हितको लागि हिमाल, हिमाली क्षेत्र र जैविक विविधताको संरक्षण आवश्यक रहेकोसमेत बताए। 'विश्वको वातावरणको संरक्षण हिमालबाट सुरु गर्नुपर्छ, किनकी पानीको मूल स्रोत हिमाल हो', पौडेलले भने। नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रममा पनि हिमाली क्षेत्र र वातावरण संरक्षणमा जोड दिएको उनले उल्लेख गरे। सगरमाथा र यस क्षेत्रको जैविक विविधताको संरक्षणको लागि विश्व समुदायलेनै काँधमा काँध मिलाएर हातेमालो गरेर अघि बढ्नुपर्ने पौडेलको भनाइ थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell