
काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा गैरजिम्मेवार र आपत्तिजनक अभिव्यक्ति दिएको आरोप लगाएका छन्। भारतमा रहँदा प्रचण्डले नेपाली भू-भाग सट्टापट्टा गर्न सकिने भन्दै दिएको अभिव्यक्तिलाई गैरजिम्मेवार र आपत्तिजनक भएको थापाले टिप्पणी गरेका छन्।
थापाले ट्वीटरमार्फत लिम्पियाधुरा, कालापानी र सुस्ता नेपालको अविभाज्य भू-भाग रहेको समेत बताएका छन्।
‘लिम्पियाधुरा, कालापानी, सुस्ता नेपालको अविभाज्य भू-भाग हो। भारतले अनाधिकृत रुपमा कब्जा गरिरहेको छ। यो विषय कुटनीतिक वार्ताबाट टुंग्याउनुपर्छ। संसद्, दलहरुसँग परामर्श नगरी र जनताको सहमतिबिना प्रधानमन्त्रीले नेपालको भू-भाग सट्टापट्टा गर्न सकिने खालको गैरजिम्मेवार अभिव्यक्ति दिनु आपत्तिजनक छ,’ थापाले ट्वीटमा भनेका छन्।
लिम्पियाधुरा,कालापानी,सुस्ता नेपालको अविभाज्य भूभाग हो। भारतले अनाधिकृतरुपमा कब्जा गरिरहेको छ।यो बिषय कुटनीतिक वार्ताबाट टुंग्याउनुपर्छ।संसद,दलहरुसँग परामर्श नगरी र जनताको सहमतिविना प्रधानमन्त्रीले नेपालको भूभाग सट्टापट्टा गर्नसकिने खालको गैरजिम्मेवार अभिव्यक्ति दिनु आपत्तिजनक छ
— Kamal Thapa (@KTnepal) June 3, 2023