PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

डा. खनालको कविता संग्रह ‘सन्देश’



पहिलोपोस्ट

डा. खनालको कविता संग्रह ‘सन्देश’

काठमाडौं : डा. दामोदर खनालको कविता कृति ‘सन्देश’ सार्वजनिक भएको छ। सन्देशभित्र ५२ वटा कविता समावेश छन्।

‘सन्देश’ कविता संग्रहमा कवि डा. खनालले सामान्य भन्दा समान्य मानिसले पनि सहजै बुझ्न सकिने भाषाशैली प्रयोग गरेर कविता लेखेका छन्। कतै गद्य शैली त कतै लोक काव्य शैलीमा आएका कविताले मानव सभ्यता र नेपालका अन्य समाजमा मनाइने चाडबाडका विषय समेटिएका छन्। त्यस्तै राष्ट्रियता, राष्ट्रिय विभूति र राजनीति लगायतका विषयमा पनि कविता कृतिबाटै डा. खनालले आवाज उठाएका छन्।

कविता ५ खण्डमा विभाजन गरिएका छन्। पहिलो खण्डमा धर्म, संस्कृति र चाडपर्वलगायत विषयमा लेखिएका १३ वटा कविता समावेश छन्। कविता सङ्ग्रहको दोस्रो खण्डमा अध्यात्म र विज्ञानका १९ वटा कविता रहेका छन्। यस खण्डको कविताहरूमा  कवि  डा. खनालले मनको काव्य विश्लेषण गरेका छन्।  

संग्रहको तेस्रो खण्डमा समावेश कविताहरू राष्ट्रप्रेमले ओेतप्रोत छन्। चौथौ खण्डमा प्रकृति, कृषि तथा पशुपन्छी विषयमा ६ कविता समावेश छन्।

युनिभर्सिटी अफ म्यानचेष्टरसहितका विभिन्न शैक्षिक संस्थाहरूमा अध्यापन गर्दै आएका डा. खनालका दर्जन बढी पुस्तक, जर्नल आर्टीकल र बुक च्याप्टरहरु प्रकाशित छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell