PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बस र मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु



पहिलोपोस्ट

बस र मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु

बुटवलः बुटवलमा शनिबार दिउँसो भएको सडक दुर्घटनामा दुई युवाको मृत्यु भएको छ। दुर्घटनामा गुल्मीको मालिका गाउँपालिका–४ अर्खबाङका १८ वर्षीय सुजन अर्याल र वडा नम्बर ८ सिमलटारीका २६ वर्षीय प्रकाश पन्थीको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अमृत भण्डारीले जानकारी दिए।

बुटवल उपमहानगरपालिका–१२ तामनगरमा पश्मिबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ९०६३ नम्बरको यात्रुबहाक बसले विपरीत दिशातर्फबाट जाँदै गरेको लु ३९ ख ९१५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो।

दुर्घटनामा परी मोटरसाइकलमा सवार दुबैजना गम्भीर घाइते भएका थिए। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए। ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell