PahiloPost

Aug 24, 2026 | ८ भदौ २०८३

रुपान्तरण अभियानप्रति रुष्ट देउवा: मनलागी गर्ने? अरु पनि जाला नि देशभरी, घुम्ला नि!



पहिलोपोस्ट

रुपान्तरण अभियानप्रति रुष्ट देउवा: मनलागी गर्ने? अरु पनि जाला नि देशभरी, घुम्ला नि!
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रुपान्तरण अभियानबारे प्रश्न गरेका छन्। 'जनतामा जाने गाली गर्ने। अर्को गए के गर्ने? मनलागी गर्ने?' सभापति देउवाले शनिवार प्रश्न गरे।

कांग्रेस संस्थापनइतरले अहिले प्रदेशमा पार्टी रुपान्तरण अभियान सञ्चालन जारी राखेको छ। जनकपुरबाट शुरु भएको अभियान वाग्मती हुँदै शनिवार पोखरा पुगेको छ। यसै अभियानलाई लक्षित गर्दै शनिवार नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले थपे, 'अबको भेला काम गरेर देखाउने हो। अरु पनि जाला नि देशभरी। घुम्ला नि।'

अहिले आफ्नो पालामा कांग्रेस सबैभन्दा ठुलो पार्टी भएको र नेविसंघले पनि सबै क्याम्पसमा जितेको तर्क गरे। 'नेपाली कांग्रेस नेपालको राजनीतिमा सबभन्दा ठुलो पार्टी भएको छ। यो सत्य कुरा हो,' उनले भने, 'अहिले सबै क्याम्पसमा नेविसंघले जितेको छ। यो पनि सत्य कुरा हो। अझ बलियो बनाउनुपर्छ।'

देउवाले अबको सभापति आफू नहुने उल्लेख गर्दै गाली गरेर पार्टी नबन्ने भनाइ राखे। 'अब तपाईहरु हुनेवाला हो। म त के छ र यहाँ। सबभन्दा ठुलो पार्टी बनाइहाले। भोलिको दिनमा पार्टीलाई अझ बलियो बनाउनुछ,' उनले भने, 'म पार्टी सभापति हुने हैन अब। गाली गरेर केही हुनेवाला छैन यहाँ। काम गर्नुस् न। पार्टी बलियो बनाउनस्। विरोध गरेर पार्टी बन्नेवाला छैन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell