PahiloPost

Jun 12, 2026 | २९ जेठ २०८३

म्यानचेस्टर युनाइटेडलाई हराउँदै म्यानचेस्टर सिटी एफए कपको च्याम्पियन



पहिलोपोस्ट

म्यानचेस्टर युनाइटेडलाई हराउँदै म्यानचेस्टर सिटी एफए कपको च्याम्पियन
Photo: Man City

म्यानचेस्टर सिटी एफए कपको च्याम्पियन बनेको छ। वेम्बली स्टेडियममा आज सम्पन्न खेलमा युनाइटेडलाई २-१ गोलअन्तरले हराउँदै सिटी च्याम्पियन बनेको हो।

सिटीलाई उपाधि दिलाउन इल्के गुण्डोगनले दुबै गोल गरे। खेलको पहिलो मिनेटमै गुण्डोगनको गोलमा सिटीले अग्रता बनाएको थियो। तर, ३३ ‍औँ मिनेटमा ज्याक ग्रिलिसले हाण्डबल गर्दा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै युनाइटेडका ब्रुनो फर्नान्डेजले गोल फर्काए। र, पहिलो हाफ १-१ गोलको बराबरीमा रोकियो। दोस्रो हाफमा सिटीका लागि दोस्रो गोल गुण्डोगनले नै थपे। खेलको ५१ औँ मिनेटमा उनले गरेको गोल सिटीलाई च्याम्पियन बनाउन पर्याप्त बन्यो।

सिटीको यो सिजन लगातार दोस्रो उपाधि हो। यसअघि सिटी प्रिमियर लिगको च्याम्पियन बनिसकेको छ। योसँगै सिटीलाई ट्रेबलको पनि अवसर रहनेछ। सिटीले च्याम्पियन्स लिगको पनि उपाधि जित्न सके ट्रेबलको दुर्लभ अवसर प्राप्त गर्नेछ। च्याम्पियन्स लिगको फाइनलमा सिटी र इटालियन क्लब इन्टर मिलान जुन ११ मा प्रतिस्पर्धा गर्दैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell