PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ओडिशा रेल दुर्घटना : मृत्यु हुनेको संख्या २८८ पुग्यो, भग्नावशेष हटाउने कार्य जारी



पहिलोपोस्ट

ओडिशा रेल दुर्घटना : मृत्यु हुनेको संख्या २८८ पुग्यो, भग्नावशेष हटाउने कार्य जारी
Photo : Getty Images

भारतको पूर्वी राज्य ओडिशामा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८८ पुगेको छ।

शनिवार दुईवटा यात्रुबाहक र एउटा मालबाहक रेल एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको थियो। सो दुर्घटनामा करिब एक हजार मानिस घाइते भएका छन्। ती मध्ये १०० जनाको अवस्थन गम्भीर रहेको छ। उनीहरुको हाल अस्पतालमा उपचार भइरहेको छ।

अहिले दुर्घटनास्थलमा रेलका भग्नावशेषहरु हटाउने कार्य भइरहेको छ। एक हजारभन्दा बढी उद्धार टोलीका सदस्य परिचालन गरिएको छ। यस्तै, ७ वटा प्रोक्लेन मेसिन, दुईवटा एक्सिडेन्ट रिलिफ ट्रेनका साथै रेलवे र रोड क्रेनको सहायताले दुर्घटनास्थलमा भग्नावशेष हटाउने काम भइरहेको छ।

राज्य सरकार र केन्द्र सरकार मिलेर अहिले दुर्घटनापछिको अवस्थाको मूल्यांकन गरिरहेका छन्। घाइतेहरुको उपचारका लागि दिल्लीको एम्स अस्पतालबाटै चिकित्सकहरुको टोली ओडिशा पुगेको छ। यस्तै, दुर्घटनाबारे अनुसन्धान गर्न पनि संघीय टोली परिचालन गरिएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell