PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणका १८ अभियुक्त अदालतमा, थुनछेक बहस सुरु



पहिलोपोस्ट

नक्कली भुटानी शरणार्थी प्रकरणका १८ अभियुक्त अदालतमा, थुनछेक बहस सुरु

काठमाडौं : जिल्ला अदालत काठमाडौंमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ जना उपस्थित गराइएको छ। शुक्रवार अभियुक्तको बयान सकिएपछि आइतवारबाट थुनछेक बहसको लागि उनीहरुलाई उपस्थित गराइएको हो।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा भएको बयानमा पूर्व गृहमन्त्री बालकृष्ण खाण, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल र गिरोहका सदस्य हरिभक्त महर्जनसँग बयान लिइएको हो। बिहीवारसम्म १५ जना अभियुक्तको बयान सकिएको थियो।

पक्राउ परेका अधिकांशले घटनामा इन्कारी बयान दिएका छन्। बहस सकिएपछि आदेश आउनेछ।

उक्त प्रकरणमा प्रतिवादी बनाइएका १२ जना भने अझै फरार छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell