
काठमाडौं : पर्सा र चितवनमा नक्कली नोट फेला परेको छ। शनिवार राति नक्कली नोट भेटिएको प्रहरीले जानकारी दिएको छ।
वीरगंज महानगरपालिका-१६ नगवा चोकबाट १ हजार दरको ८ थान र ५ सय दरको ३० थान गरी जम्मा ३८ थान नक्कली फेला परेको हो। प्रहरीले नक्कली नोटसहित सर्लाही बरहथवा नगरपालिका-५ रामजानकी टोल बस्ने ३० वर्षीय रामविश्वास महतोलाई पक्राउ गरेको छ।
त्यस्तै, चितवनको भरतपुर महानगरपालिका-३ शहीद चोकबाट १ हजार दरको ६ थान नक्कली नेपाली नोटसहित भारतीय पुरुष समातिएका छन्। भारतको मध्य प्रदेश घर भएका ४९ वर्षीय करतार सिंहलाई शनिवार राति प्रहरीले पक्राउ गरेको हो।
भरतपुर महानगरपालिका-१ जुनहल रोडस्थित स्टोरमा जुत्ता खरिदको क्रममा सिंहले १ हजारको नक्कली नोट दिएका थिए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।