PahiloPost

Sep 10, 2025 | २५ भदौ २०८२

नागरिकता विधेयक संसदमा पेश गर्न एमालेको माग : प्रधानमन्त्रीले माफी माग्नुपर्छ



पहिलोपोस्ट

नागरिकता विधेयक संसदमा पेश गर्न एमालेको माग : प्रधानमन्त्रीले माफी माग्नुपर्छ

काठमाडौं : नेकपा एमालेले नागरिकता विधेयक प्रमाणीकरणको विरोध जनाएको छ। आइतवार सदन सुरु हुनसाथ एमालेका प्रमुख सचेतक पदम गिरीले प्रमाणीकरण फिर्ता लिएर सदनमा पेश गर्न माग गरेका हुन्।

'असंवैधानिक भयो नागरिकता विधेयक प्रमाणीकरण। वीरेन्द्रले लालमोहर नलगाएको विधेयक पनि झिकेर प्रमाणीकरण भए के गर्ने,' गिरीले भने, 'निष्क्रिय विधेयक प्रमाणीकरण फिर्ता होस्। संसदमा राखियोस् र एक हप्ताभित्र छलफल गरेर पारित गरियोस्।'

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधवार नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन्। गिरीले सीमा समस्याबारे भारतसँग गरिएको कुरामा सदनको अगाडि आएर प्रधानमन्त्रीले माफी माग्नुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell