PahiloPost

Feb 19, 2026 | ७ फागुन २०८२

राजेन्द्र लिङ्देनले सदन चल्न दिँदैनौ भनेपछि ओलीसहित जुरुक्क उठे एमाले र रास्वपाका सांसदहरु

राजेन्द्र लिङ्देनले सदन चल्न दिँदैनौ भनेपछि ओलीसहित जुरुक्क उठे एमाले र रास्वपाका सांसदहरु

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्रीले सदनमा आएर जवाफ नदिएसम्म संसद् चल्न नदिने चेतावनी दिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतमा नेपालको भू-भाग समेटिएको अखण्ड भारतको नक्साबारे जवाफ नदिएसम्म आफूहरुले सदन चल्न नदिने लिङ्देनले चेतावनी दिएका हुन्।

लिङ्देनको चेतावनी आउनसाथ एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले साथ दिएका छन्। अहिले प्रतिपक्षी दलहरुले सदनमा प्रधानमन्त्रीको जवाफ मागिरहेका छन्।

सभामुख देवराज घिमिरेले भने उपयुक्त समयमा प्रधानमन्त्रीले जवाफ दिने बताउँदै सम्झाइरहेका छन्। घिमिरेले आफूले यस विषयमा रुलिङ गरिसकेकोले नियमित सदन चलाउन आग्रह गरिरहेका छन्।

 



ट्रेन्डिङ पोस्ट

Ncell