PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

परवीन बाबीको बायोपिकमा देखिँदै उर्वशी रौतेला



पहिलोपोस्ट

परवीन बाबीको बायोपिकमा देखिँदै उर्वशी रौतेला

पछिल्लो समय भारतमा बायोपिकमाथि आधारित रहेर फिल्म बन्ने ट्रेन्ड बढ्दो छ। यसैबीच, अभिनेत्री परवीन बाबीको जीवनीमा आधारित फिल्म निर्माण हुने भएको छ। जसमा बलिउड अभिनेत्री उर्वशी रौतेला परवीन बाबीको भूमिकामा देखिनेछिन्।

उर्वशीले इन्स्ट्राग्राममार्फत आफू परवीनको बायोपिकमा काम गर्न लागेकी जानकारी दिएकी हुन्। बायोपिकको कथा सारको तस्विर सेयर गर्दैँ उर्वशीले बाबीलाई गर्व महसुस गराउने काम गर्ने उल्लेख गरेकी छिन्।

सन् १९७२ मा मोडलिङबाट  परवीनले आफ्नो करियर सुरु गरेकी थिइन्। त्यसपछि सन् १९७३ मा फिल्म 'चरित्र' मार्फत बलिउडमा डेब्यू गरिन्। जुन फिल्म बक्सअफिसमा सफल नभएपनि परवीन भने 'नोटिस' हुन थालिन्।

सन् १९७४ मा परवीनले अमिताभ बच्चनसँग फिल्म 'मजबूर' मा देखिएकी थिइन्। जुन फिल्म बक्सअफिसमा सुपरहिट भएको थियो।  परवीनले जानी दोस्त, मेरी आवाज सुनो, नमक हलाल, दिवारलगायतका थुप्रै हिट दिइसकेकी थिइन्। परवीन 'टाइम म्यागेजिन' मा कभरमा फिचर हुने पहिलो भारतीय अभिनेत्रीसमेत हुन्।

ग्ल्यामर र फेसन आइकनको रुपमा समेत चिनिने परवीनको सन् २००५ मा निधन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell