PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

प्रतिनिधिसभा बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित



पहिलोपोस्ट

प्रतिनिधिसभा बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित

काठमाडौं : प्रतिनिधिसभा बैठक सोमवारसम्मको लागि स्थगित भएको छ। आइतवार एक घण्टापछि बस्नेगरी स्थगित भएको बैठक विशेष कारणवस् सोमवार बिहान ११ बजेपछि मात्रै बस्ने संसद् सचिवालयले जानकारी दिएको छ।

प्रतिपक्षी दलहरुले सदनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ माग गरेपछि आइतवारको बैठक स्थगित भएको छ। आइतवार सदन सुरु हुनसाथ नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध जनाएका थिए।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री सदनमा आएर जवाफ नदिएसम्म संसद् चल्न नदिने चेतावनी दिएपछि एमाले र रास्वाका सांसदहरुले पनि साथ दिएका थिए। प्रधानमन्त्री दाहालले भारतमा नेपालको भू-भाग समेटिएको अखण्ड भारतको नक्साबारे जवाफ नदिएसम्म आफूहरुले सदन चल्न नदिने लिङ्देनले चेतावनी दिएका थिए।

सभामुख देवराज घिमिरेले भने उपयुक्त समयमा प्रधानमन्त्रीले जवाफ दिने बताउँदै सम्झाए पनि सदन अघि नबढेपछि घिमिरेले बैठक एक घण्टासम्मका लागि स्थगित गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell