PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अमेरिकासँग युद्ध भए के हुन्छ? चिनियाँ रक्षामन्त्रीले दिए यस्तो चेतावनी



पहिलोपोस्ट

अमेरिकासँग युद्ध भए के हुन्छ? चिनियाँ रक्षामन्त्रीले दिए यस्तो चेतावनी
Photo : Reuters

चीनका रक्षा मन्त्री ली शांगफूले अमेरिकासँग युद्धको अवस्था आए त्यसले असहनीय अवस्था सिर्जना हुने बताएका छन्। सिंगापुरमा भएको ‘सांग्रिला डायलग’को सेक्युरिटी समिटमा सम्बोधन गर्दे उनले  अमेरिकासँग युद्ध भए विश्वभर नै ‘असहनीय प्रकोप’ को जस्तै परिस्थिति सिर्जना हुने बताएका हुन्।

यही मार्चमा मात्रै रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका शांगफूले अमेरिका ‘कोल्ड वार’ मानसिकतामा रहेको भन्दै त्यसले सुरक्षा चुनौती बढाएको बताएका छन्। उनले अमेरिकाबाट हुने नौसेनाको ‘पेट्रोलिङ’लाई अस्वीकार गर्ने बताउँदै ताइवानमा बढिरहेको तनावको कारण बाहिरी हस्तक्षेप नै भएको बताए।

सेक्युरिटी समिटमा सम्बोधन गर्दे उनले केही राष्ट्रहरुले एसियामा हतियारको होडबाजीमा लागेको समेत बताएका थिए। उनको निशासन अमेरिकासँगै जापान र दक्षिण कोरिया थियो। सो सम्मेलनमा अमेरिकाका रक्षा मन्त्री लोएड अस्टिन पनि सहभागी थिए।

उनले विवादको समाधान खोज्न चीन र अमेरिका दुबैका लागि विश्व पर्याप्त भएको भन्दै दुई महाशक्तिहरूले साझा आधार खोज्नुपर्ने बताएका छन्।

शनिवार अमेरिकाले चीनको एक जहाज अमेरिकाको युद्धपोत नजिकै असमान अवस्थामा उडेको आरोप लगाएको थियो।

अमेरिकाले ली शांगफूमाथि रसियाबाट हतियार खरिद गरेको भन्दै सन् २०१८ मा प्रतिबन्ध लगाएको थियो। यसैको विरोधमा अमेरिकाले सो सम्मेलनका क्रममा संवादका लागि गरेको प्रस्ताव चीनले अस्वीकार गरेको छ। यद्यपि, शुक्रवार भएको उद्घाटनमा भने दुवै देशका रक्षा मन्त्रीले हात मिलाएका थिए। तर, त्यसबाहेक अरु कुनै संवाद नभएको अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएको छ।

शांगफूमाथि लगाइएको प्रतिबन्ध फुकुवा नै संवादको आधार भएको चीनले बताउँदै आएको छ।

पछिल्लो समय ताइवान र साउथ चाइना सीलाई लिएर अमेरिका र चीनको सम्बन्ध राम्रो छै। यस्तै, अमेरिकाले चीनलाई युक्रेन मामिलामा रसियालाई सहयोग गरिरहेको आरोपसमेत लगाउँदै आएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell