PahiloPost

Jun 12, 2026 | २९ जेठ २०८३

विक्की र सारा अभिनित फिल्म ‘जरा हटके जरा बचके’ले तीन दिनमा कति कमायो?



पहिलोपोस्ट

विक्की र सारा अभिनित फिल्म ‘जरा हटके जरा बचके’ले तीन दिनमा कति कमायो?

विक्की कौशल र सारा अली खान अभिनित बलिउड फिल्म ‘जरा हटके जरा बचके’ले राम्रो व्यापार गरिरहेको छ। गत शुक्रवारदेखि रिलिज भएको यस फिल्मले घरेलु बक्सअफिसमा तीन दिनमा २१ करोड १९ लाख भारतीय रुपैयाँ ग्रस कलेक्सन गरेको हो।

४० करोड बजेटमा निर्माण भएको फिल्मको कमाई दिनप्रतिदिन बढ्दै गइरहेको छ। ‘जरा हडके जरा बचके’ले पहिलो दिन ५ करोड ४९ लाखको ओपनिङ गरेको थियो। त्यसैगरी, दोस्रो दिन ७ करोड २० लाख र तेस्रो दिन ८ करोड ५० लाखको कमाइ गरेको छ।

कमेडी तथा फेमिली जनरामा बनेको फिल्ममा विक्की र सारा पहिलोपटक एकसाथ देखिएका हुन्। लक्ष्मण उतेकर निर्देशित यस फिल्ममा दिनेश भिजान र ज्योति देशपान्डेको लगानी छ। फिल्मको कथा लक्ष्मणका साथै मैत्री बाजपाई, रामिज इहाम खानले लेखेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell