PahiloPost

May 22, 2026 | ८ जेठ २०८३

सुन र चाँदीको मूल्य स्थिर



पहिलोपोस्ट

सुन र चाँदीको मूल्य स्थिर

काठमाडौं : सुनचाँदीको कारोबार मूल्य सोमबार स्थिर भएको छ। अन्तर्राष्ट्रिय बजारमा सामान्य गिरावट आए पनि स्थानीय बजारमा घटबढ नभएको हो। सुन प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा स्थिर भएको हो।

गत सातासम्म सुनको मूल्य बढ्दै प्रतितोला १ लाख १३ हजार ३ सय रुपैयाँ पुगेको थियो। बढोत्तरीमा 'ब्रेक' लाग्दै साताको पहिलो दिन तोलामा १ हजार ७०० रुपैयाँले घटेर मूल्य निर्धारण भएको थियो। आइतबार कायम प्रतितोला १ लाख ११ हजार ६ सय रुपैयाँमा सोमबार घटबढ छैन।

चाँदीको मूल्य पनि स्थिर छ। गत साताको अन्तिम दिनका तुलनामा २० रुपैयाँ घट्दा आइतबार प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ। आइतबार प्रतिऔंस १९४८.१९ डलर रहेको सुन सोमबार १९४५.१३ डलरमा कारोबार भइरहेको छ। चाँदी पनि प्रतिऔंस २३.६२ डलरबाट २३.५५ डलर आइपुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell