PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बंगलादेश मोडलबारे संसदमा प्रधानमन्त्रीले स्पष्टीकरण दिइरहँदाको दृश्य

बंगलादेश मोडलबारे संसदमा प्रधानमन्त्रीले स्पष्टीकरण दिइरहँदाको दृश्य

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आफ्नो भारत भ्रमणबारे जानकारी दिएका छन्।

उनले नेपालको लिपुलेक कालापानीको सट्टा बंगालादेशसँग जोड्ने भूमि लिनेबारे भारतसँग छलफल भएको बताएका थिए। यसैविषयमा विपक्षीहरुले हिजो संसद् अवरोध गरेका थिए।

आजको बैठकमा उनले बंगलादेश मोडल आफ्नो प्रस्ताव नभएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबारे स्पष्ट धारणा राखेको बताए।

मोदीले पहिलोपटक सीमा विवाद बारे बोलेको भन्दै उनले बंगलादेश मोडलबारे नेपालकै केही सीमाविद् र बुद्धिजीविहरुले तर्क गरिरहेको भन्दै बोलेको स्पष्ट पारे। उनले नेपालको भूमि नेपाल कै हुनुपर्नेमा आफ्नो स्पष्ट अडान रहेको समेत बताए।



ट्रेन्डिङ पोस्ट

Ncell