PahiloPost

Oct 3, 2023 | १६ असोज २०८०

शिशिरले प्रधानमन्त्री प्रचण्ड भारतबाट 'भैँसी चढेर आएको' भनेपछि संसदमा जुहारी, रेकर्डबाट हटाइयो शब्द

शिशिरले प्रधानमन्त्री प्रचण्ड भारतबाट 'भैँसी चढेर आएको' भनेपछि संसदमा जुहारी, रेकर्डबाट हटाइयो शब्द

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र विपक्षी बिच जुहारी चलेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा आफ्नो भारत भ्रमणबारे जानकारी दिएका थिए। त्यसक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले प्रचण्ड भारतबाट भैसीँ चढेर आएको टिप्पणी गरेका थिए। 

खनालले विमान चढेर प्रधानमन्त्री पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ‌ओर्लिएलान भन्थानेको तर उनी भैँसी चढेर आएको बताएका थिए। त्यसपछि नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले सो अभिव्यक्ति हटाउन माग गर्दै विरोध जनाए।

संसद अवरुद्ध गर्दै सांसदहरु जुहारीमा उत्रिएपछि सभामुख देवराज घिमिरेले 'भैँसी चढेर आएको' भन्ने शब्द रेकर्डबाट हटाउन रुलिङ गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell