PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

नक्कली प्रेसको गाडीभित्र नक्कली नै पत्रकार, खानतलासी गर्दा प्रहरीले भेट्यो राजस्व छलीका सामान



पहिलोपोस्ट

नक्कली प्रेसको गाडीभित्र नक्कली नै पत्रकार, खानतलासी गर्दा प्रहरीले भेट्यो राजस्व छलीका सामान

काठमाडौं : राजस्व छली गरेर ल्याएको सामानसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले आइतवार राति ललितपुर महानगरपालिका वडा नम्बर २६ चिवहालबाट सामान सहित दुई जनालाई नियन्त्रणमा लिएको हो। बारा जितपुर सिमरा उपमहानगरपालि १४ डुम्बरवाना बस्ने ३४ वर्षीय दीपकप्रसाद लामिछाने र भारत बिहार, मोतिहारी छतौनीका सचिन कुमार चौरासियालाई नियन्त्रणमा लिएको हो।

राति वाग्मती प्रदेश ०१-०२६ च ८९८० नम्बरको गाडीको अगाडि सिसामा प्रेस लेखिएको स्टिकर टाँसिएको थियो। त्यसपछि प्रहरीले पाएको सुचना अनुसार गाडी रोकेर चेक गर्‍यो। सवारी साधनभित्र म्याद सकिएको प्रेस परिचय-पत्र भेटिएको थियो। त्यसपछि बिल तथा कागजात नभएका रजनीगन्धा, तुलसी, पासपास, खैनी, गुड्खाहरु, कत्थासमेत भेटिएको प्रहरीले जानकारी दिएको छ। अन्दाजी बीस लाख रुपैयाँ बराबरको सामान जफत भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell