PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पूर्व राष्ट्रपतिले संविधान मिचेको प्रचण्डको आरोपपछि संसदमा फेरि हंगामा, एमाले र रास्वपाको यस्तो प्रतिक्रिया



पहिलोपोस्ट

पूर्व राष्ट्रपतिले संविधान मिचेको प्रचण्डको आरोपपछि संसदमा फेरि हंगामा, एमाले र रास्वपाको यस्तो प्रतिक्रिया

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान मिचेको आरोप लगाएका छन्। प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले २ पटकसम्म नागरिकता विधेयक रोकेर संविधान कुल्चिएको आरोप लगाए।

'संसदबाट प्रमाणीकरण गरेर दुई दुई पटक राष्ट्रपतिकोमा गएको थियो। राष्ट्रपतिले होल्डमा राख्नुभयो,' प्रचण्डले भने। उनले पहिलो पटक विधेयक सदनमा फिर्ता राष्ट्रपतिले पठाउन मिल्ने भए पनि दोस्रो पटक नमिल्ने हुँदाहुँदै रोकेर संविधान मिचेको आरोप लगाएका थिए।

'सदनबाट पास भएको विधेयकलाई एक पटक फिर्ता पठाउन सक्ने र अर्कोपटक अनिवार्य प्रमाणीकरण गर्नुपर्ने। तर, उल्लंघन भयो। संविधानको मर्ममाथि प्रहार भयो,' उनले भने। प्रचण्डले संसद अविच्छिन्न उत्तराधिकारी संस्था भएको बताएका थिए।

एउटा सदनको निर्णय अर्को सदनले मान्दिन भन्न नपाइने उनले तर्क गरे। 'मिचिएको संविधानलाई ट्रयाकमा ल्याउने सबभन्दा संबैधानिक उपाए के हो? संरक्षकको दायित्व पुरा नगरेर होल्डमा राखेको स्थिति,' उनले भने।

प्रचण्डले यति भनेपछि नेकपा एमालेले उठेर विरोध गरेको थियो। एमालेका सांसद सूर्य थापालाई सभामुख देवराज घिमिरेले बोल्न दिएका थिए। उनले विधेयक संसद बाहिरबाट राष्ट्रपतिले प्रमाणीकरण गर्न नमिल्ने भन्दै विरोध गरे। त्यसपछि पनि राष्ट्रपतिले प्रधानमन्त्रीलाई बोल्न अनुरोध गरे पनि एमालेले चर्को विरोध गरेको थियो। एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा लगायतका विपक्षी दलले नाराबाजी गरेर संसदलाई अवरोध गरिरहेका छन्।

चल्यो दोहरी

प्रतिनिधि सभाको सोमवारको बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदबिच दोहोरी चलेको छ। दोहरी चलेपछि प्रचण्डलाई संसदमा बोल्न सकस परेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोष्टममा बोलिरहेका बेला प्रतीपक्षी दल नेकपा एमालेका सांसदहरुले विरोध जनाएपछि सत्ता पक्षका सांसदहरुले पनि उठेर एमालेको विरोध जनाएका थिए।

नागरिकता विधेयकका बारेमा राष्ट्रपति रामचन्द्र पौडलेको प्रचण्डले बचाउ गर्दा एमालेका सांसदले आक्रोश व्यक्त गरेका हुन्। प्रधानमन्त्री प्रचण्ड रोस्टममा बोलिरहेको भए पनि विपक्षी दलका सांसदहरुले अवरोधलाई निरन्तरता दिएपछि प्रधानमन्त्रीलाई रोकेर सभामुख देवराज घिमिरेले एमालेका सांसद रघु जी पन्त र सूर्य थापालाई बोल्न दिएका थिए।

उनीहरुले संसदबाहेक बाहिरबाट विधेयक लिन नमिल्ने तर्क गरे। सत्ता पक्षका सांसदहरुले पनि बोल्न खोजेपछि सत्ता पक्षले दादागिरी देखाएको भन्दै पन्तले आक्रोश व्यक्त गरेका थिए।

'अदालतको अन्तरिम आदेशले पुष्टि गर्छ। प्रधानमन्त्रीले यहाँ व्याख्या गर्ने होइन। अदालतमा छ,' उनले भने।

विधेयकका बारेमा आइतवार सर्वोच्च अदालतले यथावत राख्न अन्तरकालीन अन्तरिम आदेश दिएको थियो। एमालेका सांसदपछि नेपाली कांग्रेसका सांसद तथा महामन्त्री विश्वप्रकाश शर्माले बोले। उनले सबैलाई शान्त रहन आग्रह गरे।

'एक जना माननीयले यताबाट बोल्दै गर्दा डिस्टर्ब भएको छ भने सही भएन तर त्यताबाट यो देशको प्रधानमन्त्री बोल्दै गर्दा सही भएको छ?,' उनले भने। शर्माले पनि प्रतिनिधि सभा नियमावली २०७९ लाई सम्झाएका थिए। उनी अघि बोलेका एमालेका सांसदले पनि नियमावली पढेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell