PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रचण्डलाई रोष्टममा सकस : सत्ता र प्रतिपक्षी जुटे जुहारीमा



पहिलोपोस्ट

प्रचण्डलाई रोष्टममा सकस : सत्ता र प्रतिपक्षी जुटे जुहारीमा

काठमाडौं : प्रतिनिधि सभाको सोमवारको बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदबिच दोहोरी चलेको छ। दोहरी चलेपछि प्रचण्डलाई संसदमा बोल्न सकस परेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोष्टममा बोलिरहेका बेला प्रतीपक्षी दल नेकपा एमालेका सांसदहरुले विरोध जनाएपछि सत्ता पक्षका सांसदहरुले पनि उठेर एमालेको विरोध जनाएका थिए।

नागरिकता विधेयकका बारेमा राष्ट्रपति रामचन्द्र पौडलेको प्रचण्डले बचाउ गर्दा एमालेका सांसदले आक्रोश व्यक्त गरेका हुन्। प्रधानमन्त्री प्रचण्ड रोस्टममा बोलिरहेको भए पनि विपक्षी दलका सांसदहरुले अवरोधलाई निरन्तरता दिएपछि प्रधानमन्त्रीलाई रोकेर सभामुख देवराज घिमिरेले एमालेका सांसद रघु जी पन्त र सूर्य थापालाई बोल्न दिएका थिए।

उनीहरुले संसदबाहेक बाहिरबाट विधेयक लिन नमिल्ने तर्क गरे। सत्ता पक्षका सांसदहरुले पनि बोल्न खोजेपछि सत्ता पक्षले दादागिरी देखाएको भन्दै पन्तले आक्रोश व्यक्त गरेका थिए।

'अदालतको अन्तरिम आदेशले पुष्टि गर्छ। प्रधानमन्त्रीले यहाँ व्याख्या गर्ने होइन। अदालतमा छ,' उनले भने।

विधेयकका बारेमा आइतवार सर्वोच्च अदालतले यथावत राख्न अन्तरकालीन अन्तरिम आदेश दिएको थियो। एमालेका सांसदपछि नेपाली कांग्रेसका सांसद तथा महामन्त्री विश्वप्रकाश शर्माले बोले। उनले सबैलाई शान्त रहन आग्रह गरे।

'एक जना माननीयले यताबाट बोल्दै गर्दा डिस्टर्ब भएको छ भने सही भएन तर त्यताबाट यो देशको प्रधानमन्त्री बोल्दै गर्दा सही भएको छ?,' उनले भने। शर्माले पनि प्रतिनिधि सभा नियमावली २०७९ लाई सम्झाएका थिए। उनी अघि बोलेका एमालेका सांसदले पनि नियमावली पढेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell