PahiloPost

Jul 2, 2026 | १८ असार २०८३

नागरिकता विधेयक प्रमाणीकरणमा सर्वोच्चले रोक लगाएपछि वीरगंजमा युवाहरुको प्रदर्शन



पहिलोपोस्ट

नागरिकता विधेयक प्रमाणीकरणमा सर्वोच्चले रोक लगाएपछि वीरगंजमा युवाहरुको प्रदर्शन

वीरगंज : राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकमाथि सर्वोच्च अदालतले रोक लगाएपछि वीरगंजमा प्रदर्शन गरिएको छ।

नागरिकताविहीन संघर्ष समितिको अगुवाइमा सोमवार वीरगंजमा युवाहरुले प्रदर्शन गरेका हुन्। युवाहरुले वीरगंजको घण्टाघर चोकमा जम्मा भएर नाराबाजी गरेका थिए। जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर केही बेर धर्ना दिएका उनीहरूले त्यसपछि पुन: जुलुससहित नाराबाजी गर्दै नगर परिक्रमा गरेका थिए।

नगरपरिक्रमा पछि पुन: घण्टाघरमा पुगेर युवाहरुले सडकमा धर्ना दिएका थिए। उनीहरुले विधेयक प्रमाणीकरणको विरोधमा रहेका नेताहरुको तस्विर जलाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell