PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

प्रचण्डले एमालेलाई भने : मलाई धेरै अप्ठ्यारोमा पारेर कुचुक्क पार्दिए हुन्छ भन्ने नठान्नुहोला



पहिलोपोस्ट

प्रचण्डले एमालेलाई भने : मलाई धेरै अप्ठ्यारोमा पारेर कुचुक्क पार्दिए हुन्छ भन्ने नठान्नुहोला

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई आफूलाई अप्ठेरोमा नपार्न चेतावनी दिएका छन्।

सोमवारको प्रतिनिधि सभाको बैठकमा प्रचण्डले ग्रेटर भारतको नक्साका बारेमा जवाफ दिएका थिए। उनले भारतको नयाँ संसदमा नै आफू नगएको प्रष्टिकरण दिए।

'म र मोदी नयाँ संसद भवन अगाडि गएकै छैनौं,' उनले भने।

ग्रेटर भारतको नक्साबारेमा आफूले भारतीय पक्षसँग कुराकानी गरेको उनले दाबी गरे। उनले भारतीय पक्षले उक्त नक्सा सांस्कृतिक शहर भएको प्रतिक्रिया दिएको पनि उनले बताएका छन्। उनले आफू धर्म निरपेक्ष भएको पनि बताए। भारतीयले महाकालेश्वर मन्दिरमा जावस् भन्ने चाहेकाले उक्त मन्दिरको दर्शनमा गएको बताए। 

उनले भारत भ्रमणका क्रममा राज्य मन्त्री एरपोर्टमा रिसिभ गर्न आएकोबारे पनि प्रष्टिकरण दिए। आफूलाई मात्रै नभइ भारतमा अरु पूर्व प्रधानमन्त्रीलाई पनि राज्यमन्त्रीले नै स्वागत गर्ने गरेको बताए।

'हामी जाने कुनै टिमलाई सबै उत्साहित भएर आएको स्थिति हो। अपमानित भएको हामीले महसुस गरेनौं,' उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell