PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

रोष्टमबाट प्रचण्डमाथि ओलीको प्रहार : जमिन सट्टापट्टा गर्ने कुरा सोच्न सकिन्न, नातिनी लिएर गए सेकेण्ड लेडी भन्ने?



पहिलोपोस्ट

रोष्टमबाट प्रचण्डमाथि ओलीको प्रहार : जमिन सट्टापट्टा गर्ने कुरा सोच्न सकिन्न, नातिनी लिएर गए सेकेण्ड लेडी भन्ने?

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बंगलादेशसँगको बाटोका लागि नेपाली जमिन सट्टापट्टा गर्न नमिल्ने बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा पारवहनका लागि नेपालको कालापानी लिपुलेक साट्न सकिने विषयमा छलफल भएको बताएका थिए। ओलीले उक्त छलफल नै गलत भएको बताएका हुन्।

'बंगलादेश जाने बाटो, पारवहनको विषय सट्टापट्टाको विषय होइन यो अधिकारको विषय हो,' उनले भने। 

'बंगलादेश मोडल' कसैलाई जमिन दिएर लेनदेन नभएको र भारत र बंगलादेश आआफ्नो भूभागकै विवादमा रहेको उनको तर्क थियो। ओलीले नेपालको एक टुक्रा जमिन पनि अर्कालाई दिने विषयमा सोच्नै नसकिने बताए।

'यस्तो कुरा कहिँको संविधान र कानुनमा हुदैँन,' उनले भने।

तथ्य प्रमाणका आधारमा छलफल गर्न सकिने बताउँदै ओलीले सुगौली सन्धीभन्दा अर्को प्रमाण नचाहिने बताए। 

ओलीले प्रचण्डको भारत भ्रमण फितलो भएको टिप्पणीसमेत गरे। उनले कालापानी र लिपुलेक नेपालको संविधानले नै प्रमाणीकरण गरिसकेको बताए।

उनले द्विपक्षीय वार्तामा विभिन्न खालका प्रमाण देखाउन सकिने बताउँदै जबरजस्ती गरेर कालापानी लिपुलेकलाई विवादास्पद बनाउन खोजिएको आरोप लगाए।

'सीमाना मिचिने हामी बोल्न नमिल्ने। सीमाना भन्दा वर आएर भारतीय फौज बस्यो भन्न नसक्ने?' ‌ओलीले प्रश्न गर्दै भने।

भारतले मुर्रा राँगो दिएको विषयमा प्रचण्डमाथि व्यङ्ग्य गर्दै उनले आफू किशोर हुँदा भैँसीमा चढेर चराएको बताए। 'रेकर्डमा राख्न नराख्नु सभामुख ज्यू। हाम्रो तराइमा त चढ्छन् चराउछन्,' उनले भने। 

ओलीले प्रचण्डले नेपालको गौरव हुनेगरी भ्रमण गर्न नसकेकोसमेत बताए। 

'विवाद यी कुरामा होइन। राँगाका पिठीमा जडेर आएकी। राँगा नाम गरेको प्लेनमा चढेर आएकी। यो विवादको विषय होइन। भारतमा फितलो भ्रमण गर्नुभो नेपालको गौरव हुनेगरि भ्रमण गर्न सक्नुभएन,'उनले भने।

छोरीलाई छेउमा राखेर प्रधानमन्त्रीले 'प्रोटोकल' तोडेको पनि ओलीको आरोप थियो। उनले फस्ट लेडीलाई राख्न सकिने र बाँकी परिवारका सदस्य हुने र उनीहरु छेउमा बस्न नमिल्ने बताए।

 'भोली नातिनी लिएर जानु भयो भने के भन्ने सेकेण्ड लेडी?' ओलीले प्रचण्डलाई प्रश्न गरे।

उनले कुन कुन विषयमा छलफल भयो भन्ने बारेमा टिपोट गर्न प्रधानमन्त्रीसँगै परराष्ट्र सचिव छेउमै हुनुपर्ने

'यो फ्यामिली हो कि? तीर्थाटन हो कि? यस्तो खालको कमजोर खालको प्रिजेन्टेशन हुनुहुँदैन,' उनले भने।

ओलीले आफ्नै पालामा भारतबाट राँगा ल्याउने सहमति भएको जानकारी गरेाएका थिए। उनले नश्ल सुधारका लागि राँगा ल्याउने सहमति भएको दाबी गरे।

'रोटी खानुहुन्छ भन्दा। केपी ओलीले पनि खानुहुन्थ्यो खाए भन्ने पनि भयो। राँगा आयो पहिला नै कुराकानी गरेको हो भन्नुभयो। हो केपी ओलीका पालामा कुराकानी भएको हो। नश्ल सुधारमा भएको हो। हामी उहि च्याख्रे गाई भनेर बसिरहेन होइन,' ओलीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell