PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

लक्ष्मण सुनारको निर्देशनमा फिल्म 'फनफनी' बन्ने



पहिलोपोस्ट

लक्ष्मण सुनारको निर्देशनमा फिल्म 'फनफनी' बन्ने

काठमाडौं : लक्ष्मण सुनारको निर्देशनमा फिल्म ‘फनफनी’ बन्ने भएको छ। निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दैँ फिल्मबारे घोषणा गरेको हो।

कमेडी तथा पारिवारिक जनरामा बन्ने फिल्ममा हरि मल्ल ठकुरी र गणेश मल्ल ठकुरी निर्माताका रुपमा रहनेछन्। सुनारकै लेखन रहेको फिल्मको छायाङ्कन नेपाल, भारत र अस्ट्रेलियामा गरिनेछ।

तिहारपछि फ्लोरमा जाने फिल्ममा अभिनेता आर्यन अधिकारी अनुबन्धित भएका छन्। अन्य कलाकारहरुको छनोट कार्य जारी रहेको बताइएको छ।

यसअघि लक्ष्मणको निर्देशनमा फिल्म ‘बुलाकी’ बनेको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell