PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

युगकवि सिद्धिचरण पुरस्कार आचार्यलाई, राष्ट्रपति पौडेलद्वारा प्रदान



पहिलोपोस्ट

युगकवि सिद्धिचरण पुरस्कार आचार्यलाई, राष्ट्रपति पौडेलद्वारा प्रदान

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको युगकवि सिद्धिचरण श्रेष्ठका नाममा स्थापित युगकवि सिद्धिचरण पुरस्कार प्राध्यापक डा जयराज आचार्यलाई  प्रदान गरेका छन्। युगकवि सिद्धिचरण प्रतिष्ठानले युगकवि सिद्धिचरण श्रेष्ठको ११२ औँ जन्मजयन्तीका अवसरमा सोमवार शीतलनिवासमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले भाषा, साहित्य र कुटनीतिको क्षेत्रमा योगदान पुर्‍याएवापत डा आचार्यलाई उक्त पुरस्कार प्रदान गरेका हुन्। नगद एक लाख नगदसहित पुरस्कारमा सम्मानपत्र रहेको छ।

यसैगरी राष्ट्रपति रामचन्द्र पौडेलले यसवर्षको युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार पत्रकार चेतनाथ धमलालाई प्रदान गरे। पुरस्कार २५ हजार नगदसहित सम्मानपत्र रहेको छ। कार्यक्रममा राष्ट्रपति पौडेलले प्रतिष्ठानमा कार्यरत जनक खड्कालाई कदरपत्र प्रदान गरे।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष वैरागी काइला, संरक्षक रविचरण श्रेष्ठ, पुरस्कृत व्यक्तित्व आचार्य, प्राडा मोहन  लोहनीले युगकवि सिद्धिचरणको साहित्य साधना, बहुआयामिक व्यक्तित्व र कृतित्वबारे प्रकाश पारेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell