PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



रासस

बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भरतपुरः भरतपुर महानगरपालिका १५ जानकी चोकमा बोलेरोको ठक्करबाट एकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ५० वर्षीय वीरेन्द्र राउत रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

ना ३ च ११९ नम्बरको बोलेरोले बा ८५ प ३६२७ नम्बरको मोसालाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते राउतको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। मोटरसाइकल पछाडि सवार ४१ वर्षीय राजकुमार नेपाली घाइते भएको कार्यालयले जनाएको छ। घाइते नेपालीको अवस्था खतरामुक्त छ। घाइते नेपालीको सोही अस्पतालमा उपचार भइरहेको छ।

बोलेरो र चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell