PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

छायाङ्कनको गन्तव्य बनाउने उद्देश्यसहित कर्णालीमा हुँदैछ ‘अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’



पहिलोपोस्ट

छायाङ्कनको गन्तव्य बनाउने उद्देश्यसहित कर्णालीमा हुँदैछ ‘अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’

काठमाडौं : कर्णाली प्रदेशमा ‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’ हुने भएको छ। सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा महोत्सवको पहिलो संस्करणको घोषणा गरिएको हो।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आगामी असोज ४, ५ र ६ गते महोत्सव सञ्चालन हुने बताइएको छ। रेडचेरी मिडिया प्रालि र कर्णाली प्रदेश सरकार तथा चलचित्र विकास बोर्डको सहकार्यमा यो महोत्सव हुन लागेको हो।

महोत्सवले स्थानीय कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने महोत्सवका निर्देशक चक्रबहादुर चन्दले बताए।

‘प्रदेशलाई चिनाउने र छायाङ्कनको गन्तव्य बनाउने हाम्रो उद्देश्य हो। सिनेमाको माध्यमले पर्यटनलाई प्रवर्द्धन गर्नु जरुरी देखेर महोत्सव गर्न लागेको हौँ,’ प्रेमगीत ३ का निर्मातासमेत रहेका चन्द्रले भने। 

कर्णालीको कथा, जीवनशैली, भेषभूषा, कला र संस्कृति, भाषा, साहित्य, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले ‘कर्णाली अन्तर्राष्ट्रिय सिनेमा महोत्सव २०८०’ आयोजना गर्न लागिएको हो।

कार्यक्रममा उपस्थित प्रतिनिधिसभा सांसद ज्ञानेन्द्र शाहीले आकर्षक योजना ल्याएर कर्णालीमा सिनेमा छायाङ्कनको गन्तव्य बनाउन संसद्मा आवाज उठाउने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell