PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

राष्ट्रिय ललितकला प्रदर्शनीमा ६१० कलाकारका ७ सय कलाकृतिहरु

राष्ट्रिय ललितकला प्रदर्शनीमा ६१० कलाकारका ७ सय कलाकृतिहरु

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : काठमाडौंस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र आर्ट काउन्सिल नेपालका हलहरुमा अहिले माहोल छुट्टै छ। भित्ताभरि रंगीन पेन्टिङहरु सजिएका छन् भने विभिन्न कलाकृतिहरु हेर्न आउने दर्शकको भिड पनि बाक्लै, ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८०’ जो चलिरहेछ।

जेठ १५ गतेबाट सुरु भएको राष्ट्रिय ललितकला प्रदर्शनीमा देशैभरका कलाकारका कलाकृतिहरु अटाएका छन्। प्रदर्शनीमा सातै प्रदेशका ६१० कलाकारहरुका झण्डै ७ सय कलाकृतिहरु समावेश गरिएको छ।

कलाकृतिमा कलाकारहरुको सिर्जना मात्रै नभई विचार, आस्था र उनीहरुले बाँचेको समाज झल्किन्छ।

यसपटकको प्रदर्शनीमा लोककला तथा परम्परागत चित्रकला विधाका साथै आधुनिक चित्रकला, वस्तु तथा अन्य सिर्जनात्मक कला, हस्तकला, परम्परागत मूर्तिकला, आधुनिक मूर्तिकला विधाका कलाकृति हेर्न पाइन्छ। साथै, कार्टुन तथा फोटोसमेत प्रदर्शनीमा राखिएको छ।

प्रदर्शनीको थिम ‘म, मेरो देश र मेरो सिर्जना’ रहेको छ। प्रदर्शनी जेठ ३० गतेसम्म चल्नेछ।



ट्रेन्डिङ पोस्ट

Ncell