PahiloPost

Jul 30, 2025 | १५ साउन २०८२

एप्पलले सार्वजनिक गर्‍यो ४ लाखभन्दा बढी मूल्य पर्ने ‘भिजन प्रो रियालिटी हेडसेट’



पहिलोपोस्ट

एप्पलले सार्वजनिक गर्‍यो ४ लाखभन्दा बढी मूल्य पर्ने ‘भिजन प्रो रियालिटी हेडसेट’

एप्पलले बहुप्रतिक्षित मानिएको ‘रियालिटी हेडसेट - एप्पल भिजन प्रो’  सार्वजनिक गरेको छ। एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकले नयाँ हेडसेट वास्तविक संसार र भर्चुअल संसारको मिश्रण रहेको बताएका छन्। कम्पनीले आइफोनको नयाँ अपरेटिङ सिस्टमसँगै म्याकबुक एयरमा नयाँ अपडेटकोसमेत घोषणा गरेको छ।

रियालिटी हेडसेटको मूल्य ३ हजार ४९९ अमेरिकी डलर (करिब ४ लाख ६१ हजार नेपाली रुपैयाँ) रहेको छ। दुई घण्टा ब्याटरी लाइन रहने यो हेडसेट अमेरिकामा अर्को वर्षसम्ममा ‘लन्च’ हुनेछ।

एप्पलको यो हेडसेटको मूल्य बजारमा उपलब्ध अन्य भर्चुअल रियालिटी हेडसेटभन्दा महँगो हो। गत हप्ता मेटाले ४९९ डलर (करिब ६५ हजार नेपाली रुपैयाँ) पर्ने ‘द क्वेस्ट हेडसेट’ घोषणा गरेको थियो।

एप्पलको ‘भिजन प्रो हेडसेट’ बजारमा उपलब्ध अन्य हेडसेटभन्दा भिन्न देखिन्छ। एप्पलले आफ्नो डिभाइसलाई  ‘अगमेन्टेड रियालिटी’ भनेको छ। ‘अगमेन्टेड रियालिटी’ले स्क्रिनमार्फत वास्तविक संसारसँग भर्चुअल संसारलाई संयोजन गर्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell