PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दै



पहिलोपोस्ट

नेपालले आज म्यानमारसँग प्रतिस्पर्धा गर्दै
Photo: NSJF

काठमाडौं : एएफसी यू-२० महिला एसियन कप छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले मंगलवार घरेलु टोली म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र म्यानमारबिचको खेल यानगोनस्थित तुवन्ना स्टेडियममा नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरु हुनेछ।

नेपाली टिम दीपा शाहीको कप्तानीमा मैदान उत्रनेछ। समूह 'बी'मा रहेको नेपालले जुन ८ मा चीन र जुन १० मा चाइनिज ताइपेइसँग खेल्नेछ। समूहका शीर्ष दुई टोली अन्तिम चरणमा छनोट हुनेछन्। यसअघि गत मार्चमा प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटमा समूह 'बी'को विजेता बन्दै नेपाल दोस्रो चरणमा पुगेको थियो।

प्रशिक्षक यमप्रसाद गुरुङले टिमको मनोबल उच्च भएको भन्दै जितकै लागि मैदानमा उत्रने बताए।

'पहिलो चरणको सफलताले टिमको मनोबल बढाएको छ, टिममा एकता छ, हामी कुनै पनि टिमलाई हराउन सक्ने टिम छ, हामी हरेक म्याच जित्नकै लागी खैल्छौँ', उनले भने, 'फिफा वरीयतामा हामीभन्दा माथि भएका टिमहरु छन् तर हामी उच्च मनोबलका साथ मैदान उत्रनेछौँ।'

त्यस्तै, कप्तान दीपा शाहीले प्रशिक्षण राम्रो भएकाले प्रतिस्पर्धी उच्च वरीयताका भएपनि उच्च मनोबलका साथ मैदान उत्रने बताइन्।

'हामी साफमा रनरअप भयौँ, लगत्तै एएफसी पहिलो चरणको क्वालिफायर खेल्यौँ, पहिलो चरणको क्वालिफायरमा हामीले आफूभन्दा वरीयतामा माथि रहेको टिम प्यालेस्टाइन र नर्थ क्यारोलिनालाई जितेर आएका हौँ, त्यसपछि हामीले दुई महिनाको प्रशिक्षण पछि खेल्दैछौँ, टिमको मनोबल उच्च छ', उनले भनिन्, 'वरीयतामा हामीभन्दा माथि भएपनि म्यानमारविरुद्ध हामी उच्च मनोबलका साथ मैदान उत्रनेछौँ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell